हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन, सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला पुगेर बेलिब्रिज उद्घाटन गरेका छन् ।

आज सुर्खेत हुँदै हुम्ला पुगेका प्रधानमन्त्री ओलीले कर्णाली कोरिडोर-चुवाखोला बेलिब्रिजको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्रीलाई स्थानीयहरूले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि हुम्ला पुगेका छन् ।

बेलिब्रिज निर्माणको जिम्मा नेपाली सेनाले लिएको थियो। प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेसँगै हुम्ला सदरमुकाम सिमकोट औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया