पुल भत्किदा बनेपा–नाला–भक्तपुर सडक खण्ड अवरुद्ध

news-details

बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति खोलाको पुल भात्किएको छ ।

पछिल्लो समय भएको भारी वर्षाका कारण बनेपा नगरपालिका वडा नं. १ नाला भक्तपुर सडक अन्तर्गतको उक्त पुल भत्किएको हो ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने यो सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

पुरानो भईसकेको पुल मर्मत सुधारमा कसैको ध्यान नगएको र क्षमता भन्दा अत्याधिक भारले गर्दा पुल भत्किएको स्थानियहरु बताउँछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया