‘कुलिङ पिरियड’ छेडखानीको विषयमा छानविन समिति बनाउन सभामुखले थाले छलफल

news-details

सभामुख देवराज घिमिरेले ‘सङ्घीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे प्रमुख दलसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न सभामुख घिमिरेले एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् ।

छलफलमा उपसभामुख इन्दिरा राना समेत सहभागी रहेकी थिइन् । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम (८) बमोजिमको समिति गठन गर्न प्रस्ताव गरेका छन् । उनले समितिले गर्नुपर्ने काम र सोको समयावधि तथा समितिमा रहने सदस्यको नामावलीबारे दलहरूको प्रस्ताव समेत माग गरे ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया