प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित हुने
- असार १५, २०८२
- 0
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
आइतबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
संसद सचिवालयले निर्धारण गरेको कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन् । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ ।
प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने छ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्ने छन् ।
सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरण पछि कार्यान्वयनमा आउनेछ ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






