रास्वपा महामन्त्री विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो
- असार १२, २०८२
- 0
डा. मुकुल ढकालले हालेको मुद्दामा सर्वोच्च अदालतले दुवै पक्षहरुलाई १७ गते छलफलका लागि बोलाएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गत असार ४ गते आयोगले ढकाललाई दिएको पत्रसहितको फाइल पनि मगाउने आदेश गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए ।
ढकालले आफूलाई रास्वपा महामन्त्रीका रुपमा काम गर्न दिन उत्प्रेषण आदेशको माग गर्दै रिट हालेका थिए । इजलासले यस सम्वन्धमा विपक्षीहरुका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।
निवेदकको माग अनुसार आदेश जारी गर्नु नपर्ने कारणसहितको जवाफ १५ दिनभित्र पेश गर्न भनिएको छ ।
यसका साथै अदालतले निर्वाचन आयोगलाई पनि छलफलमा डाकेको छ । आयोगले गत असार ४ गते ढकाललाई रास्वपाको विवरण अद्यावधिक नभएको भन्ने लिखित जानकारी गराएको थियो । सो जानकारीको पत्रसहित आयोगलाई अदालतमा उपस्थित हुन भनेको हो ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






