रास्वापा र राप्रपाको बहिस्कारकाबीच प्रतिनिधिसभा बैठक सुचारु, मन्त्रीहरुले जवाफ दिदै

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले आज(सोमबार) पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले आज पनि बैठक बहिस्कार गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । तर विरोधकाबीच सभामुखले कार्यसूची अघि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेर बाहिर निस्केको हुन् ।

प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल गर्ने र छलफलका क्रममा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया