एमालेनिकट शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित
- असार ८, २०८२
- 0
एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंशबहादुर शाही निर्वाचित भएका छन्। संगठनको १४ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चुन्न शनिबार राति विद्युतीय मतदान भएको थियो।
जसअनुसार अध्यक्षमा शाही चुनिएका हुन्। शाही यसअघि दुई कार्यकाल महासचिव भइसकेका थिए।
अध्यक्षमा तीनजनाबीच प्रतिस्पर्धा भएको थियो। निवर्तमान उपाध्यक्ष कमला थापा र केन्द्रीय सदस्य यामबहादुर कुँवर अध्यक्षका प्रत्यासी थिए।
वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्वुजा, उपाध्यक्षमा गोविन्द भण्डारी निर्वाचित भएका हुन्। त्यस्तै उपाध्यक्ष (महिला) तर्फ अम्बिका चापागाईं चुनिएकी छन्।
महासचिवमा प्रकाश खनाल निर्वाचित भए। कोषाध्यक्षमा नरवहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, सचिवमा वामदेव सुवेदी र सचिव (महिला) तर्फ वेणु काफ्ले निर्वाचित भइन्।
बिहीबारदेखि भएको महाधिवेशनमा ४७८ प्रतिनिधि थिए। यो नेकपा एमालेको जनसंगठन पेशागत महासंघ नेपालको घटक संगठन हो।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






