जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

news-details

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेन्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे सुरु हुने बस्नेतले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया