संसद्मा रास्वपा र राप्रपाको आज पनि अवरोध, कार्यसूचीबाट हटाइयो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- असार ६, २०८२
- 0
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले अवरोध कायमै राखेका छन् । आजको बैठकमा पनि बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
यसैबीच, रास्वपा र राप्रपाकाको अवरोधका कारण सदनको कार्यसूचीबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हटाइएको छ । बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले विशेष कारणले प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको जानकारी गराए ।
प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएपनि रास्वपा र राप्रपाको नाराबाजीबीच सभामुखले बजेटमाथिको छलफल अघि बढाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लखेकको राजीनामा माग राख्दै गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद् बैठक अवरोध गरिरहेका छन् ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






