दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

दुवै पक्षलाई छलफलका लागि असार ५ गते बोलाइयो
news-details

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

हिल्टन होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजुका पुत्र जयवीर देउवाको लगानीसम्बन्धी सामग्री प्रसारण गरेवापत पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा सुनुवाइपछि उनलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *