अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान
- असार २, २०८२
- 0

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आइरहनु भएकी संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा जिल्लाका दुई जना मिर्गौला पीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
उहाँले बिरामीको आआफ्नो निवासमा पुगेर व्यक्तिगत रूपमा आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको हो ।
मिर्गौला पीडित संखुवासभा जिल्ला खाँदबारी स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका स्काउट महरा र अर्का खाँदबारी घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका सन्तोष घिमिरेलाई थप उपचारका लागि श्रेष्ठले उपचार खर्च सहयोग गर्नु भएको हो ।
सहयोग प्रदान गर्दै श्रेष्ठले भन्नुभयो “देशबाहिर रहँदा पनि मातृभूमि र यहाँका जनताको पीडामा म आफूलाई अलग देख्न सक्दिन। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो आशा दिन सक्छ भन्ने विश्वासले मैले यो सहयोग गरेकी हुँ।“
उहाँको सहयोग पाएपछि बिरामीका परिवारले खुसी व्यक्त गर्दै सहयोगी मनको खुलेर प्रसंसा गरेका छन्।
सामाजिक सेवामा सक्रिय श्रेष्ठको यस प्रकारको सहृदय कदमले विदेशमा रहेका नेपालीहरूको मनोभावनालाई पनि प्रतिविम्बित गर्छ। उहाँले व्यक्तिगत तथा संस्थागतरुपमा विभिन्न प्रकारको मानवीय तथा आर्थिक सहयोग गर्दै आउनु भएको छ ।