अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

फरार सूचीमा रहेका उनी सोमबार जिल्ला अदालतमा हाजिर भएका जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए ।

उनका अनुसार धलवशमशेर जवराको बयान लिने काम हुनेछ । आजै थुनछेक बहस सकियो भने पुर्पक्षमा जेल चलान गर्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने मध्येको एक आदेश हुने श्रेष्ठले बताए ।

यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र भने अदालतमा हाजिर भएका छैनन् ।

उनीहरूमाथि तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलनमा हिंसात्मक बनाउन उकासेको आरोप छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *