अनेरास्ववियुको नेतृत्व चयनका लागि आज मतदान

news-details

नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कीर्तिपुरमा जारी २४औं राष्ट्रिय सम्मेलनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो।

मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो। यद्यपि मतदान सरेर आज बिहानबाट मात्रै हुने भएको हो।

बिहान ८ बजेबाट ४५ वटा मेसिनबाट विद्युतीय मतदान हुने बताइएको छ। उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन्। उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ।

महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *