नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

news-details

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो।

३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा समेटियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रनको योगदान दिए। भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे। शेख ३९ रनमा आउट भए।

त्यसैगरी उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५६ रन जोडे। सोमपाल कामी ६७ रनमा आउट भए।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए भने शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए। ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको योगफल बनाएको थियो।

स्कटल्यान्डका लागि रिची बेरिङ्टनले सर्वाधिक १०२ रनको योगदान गरे। माइलक लिस्क ९६ रनमा अविजित रहे।

यसैगरी चार्ली टियरले ६८, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए।

नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *