संसदको अवरोध हटाउन सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल, बैठक निष्कर्षविहीन
- जेष्ठ २५, २०८२
- 0

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ ।
सत्तापक्ष र प्रतिपक्षा आ–आफ्नो अडानबाट टसमस नहुँदा बैठक निष्कर्षविहीन भएको हो ।
सभामुखले सिंहदरबारमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन्।
छलफलमा सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न नसकिने स्पष्ट पारेका थिए ।
यस्तै, प्रमुख विपक्षी दल माओवादी प्रमुख सचेतक पाण्डेले पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लखेककमाथि छानबिन हुनुपर्ने अडान कायमै राखेका हुन् ।
0 प्रतिक्रिया
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष […]
अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने

अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक […]
अमेरिकाले हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट गरेर नेपाल फर्कायो

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्यामा नेपालीलाई निष्कासन (डिपोर्ट) गरेर नेपाल फर्काएको छ। अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका […]
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]