एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु
- जेष्ठ २५, २०८२
- 0

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् ।
महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।
११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले दाबेदारको संख्या घटाउन र सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएकाले जनसंगठन समन्वय संयन्त्रले सहमतिको प्रयास जारी राखेको छ । तर आइतबार महाधिवेशन उदघाटनको दिनसम्म सहमति नजुटेको एक पदाधिकारीले बताए ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]
विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी […]
संसदको अवरोध हटाउन सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल, बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्तापक्ष र […]
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]