आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- जेष्ठ २५, २०८२
- 0

संसद नेपाल अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । आइतबार दिनको १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।
यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, […]
काठमाडौं महानगरको सीप मेला कति उपयोगी ?

काठमाडौं महानगरपालिकाले आयोजना गरिरहेको दोस्रो संस्करणको सीप मेला काठमाडौंको ठूलो टुँडिखेलमा जारी छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ […]
विलासी कर हटाउन माग गर्दै सुनचाँदी व्यवसायी सडकमा

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आज विरोध प्रदर्शन गरेको छ । सरकारले आगामी बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी […]
संसदको अवरोध हटाउन सभामुख र तीन दलका प्रमुख सचेतकबीच छलफल, बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । सत्तापक्ष र […]
एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आजबाट सुरु

नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका […]