रक्तदाता समूहद्धारा क्यान्सर पिडित वृद्धालाई आर्थिक सहयोग

news-details

लायन्स क्लब अफ काठमाडौं रक्तदाता समूहले क्यान्सरपिडित ७२ वर्षिय उत्तरमाया राईलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

विगत लामो समयदेखी फोक्सोको क्यान्सरको उपचार गरिरहेकी वृद्धाको आर्थिक अवस्था कमजोर रहेको र उपचार गराउन समस्या भएको पाएपछि रक्तदान समूहका सस्थापक अध्यक्ष लायन केदारप्रसाद न्यौपानेको पहलमा रकम संकलन गरी सहयोग प्रदान गरीएको हो ।

तेस्रो चरणको क्यान्सरसँग लडिरहेकी वृद्धालाई रक्तदान समूहका सदस्यहरुले रकम संकलन गरी विर अस्पतालमै गई आर्थिक सहयोग गरेको लायन्स क्लब अफ काठमाडौं रक्तदान समूहको संस्थापक अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

जहा आवश्यक्ता त्यहाँ लायन्स फस्ट भन्ने सिद्धान्तलाई आत्मसात गर्दै रक्तदाता समूहले रक्तदानका कार्यक्रम निरन्तर गरिरहेको छ । रक्तदान मात्र नभई मानवयि, सामाजिक कार्यहरु समाजमा भईपरि आउने समस्याको समाधान गर्न रक्तदाता समूह लागी परेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *