देउवा भन्छन् : बजेट सन्तुलित छ, गृहमन्त्रीले राजीनामा दिनु पर्दैन्

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको बजेट राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको जनाए ।

सरकारले ल्याउने बजेटबाट कुनै न कुनै पक्ष सँधै असन्तुष्ट रहने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे ।

त्यस्तै उनले कांग्रेस र एमालेको गठबन्धन राम्रोसंग चलिरहेको र कुनै समस्या नरहेको पनि स्पष्ट गरेका छन् । उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबीसमेत गरेका छन् ।

सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका लागि प्रयास भइरहेको बताए ।

उनले राजावादीहरुको आन्दोलन तुहिसकेकाले त्यस विषयमा कुरा गर्नु कुनै औचित्य नरहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *