ओली, देउवा र प्रचण्डबीच छलफल सुरु

news-details

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल भइरहेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम जोडिएपछि गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले लगातार संसद अवरूद्व गरिरहेका बेला तीन शीर्ष नेताबीच छलफल भएको हो।

छलफमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे लगायत पनि सहभागी छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *