राजावादीहरूले आज आन्दोलन नगर्ने, दरबार हत्याकाण्डको शोकमा दीप प्रज्वलन गर्ने

news-details

आन्दोलनरत राजावादीहरूले सोमबार(आज)को आन्दोलन स्थगित गरेर शोक मनाउने भएका छन् ।

जेष्ठ १५ गतेदेखि आन्दोलनमा रहेका राजावादीहरु दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णयमा पुगेका छन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।

सोही दिनको सम्झनामा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *