माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन

news-details

‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आज सवारीसाधनमा कालोझण्डासहित विरोध र्‍याली निकालेको छ।

७ बुँदे मागसहित चरणवद्ध आन्दोलन थालेका यातायात व्यवसायीहरुले आज काठमाडाैंकाे माइतीघरमा सवारीसाधनमा कालोझण्डासहित विरोध र्‍याली निकालेको हो ।

सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी विरोधमा उत्रेका हुन् ।

हिजो आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए ।

उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरु यातायात क्षेत्रको बचाउको लागि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन्।

व्यवसायीहरूले सरकारसँग वार्ताको माग गर्दै, हालको नीतिगत निर्णयहरूले सार्वजनिक यातायात व्यवसायमाथि दबाव सिर्जना गरेको आरोप लगाएका छन्।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *