कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
- जेष्ठ १८, २०८२
- 0

हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । यी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, देशको उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।
बिहीबार रातीबाट कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुन विस्तार भइ कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ ।