यी प्रदेशमा वर्षाको सम्भावना

news-details

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जसका कारण कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा मौसम बदली रहने छ भने अन्य भू–भागमा पनि सामान्य प्रभाव रहने छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थान र अन्य भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति भने कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भू-भागमा मौसम बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश प्रदेशका केही स्थान र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेश प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *