नारायणहिटी दरबार आसपास निषेधाज्ञा जारी

news-details

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरी यही जेठ १७ गतेदेखि २४ गतेसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी गराएको हो ।

सूचनामा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालायको दक्षिण गेट हुँदै जयनेपाल मोटसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म निषेध गरिएको उल्लेख छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *