कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा चुचुरोमा
- जेष्ठ १३, २०८२
- 0

कीर्तिमानी आरोही कामीरिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । योसँगै शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् ।
मंगलबार बिहान ४ बजेतिर शेर्पाले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले बताएका छन् ।
शेर्पा २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए ।
शेर्पा भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको बताइएको छ ।
अघिल्लो वर्ष शेर्पा ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
0 प्रतिक्रिया
विकासका सूचकाङ्कहरूमा उल्लेख्य प्रगति भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् । […]
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । […]
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक […]
एमालेले आज गणतन्त्र उत्सव मनाउदै

नेकपा एमालेले आज गणतन्त्रको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ । बिहिबार भृकुटीमण्डप, रत्नपार्क, सहिदगेटमा भेला भई गणतन्त्र उत्सव गर्ने […]
राजावादीहरुले २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । राप्रपा, राप्रपा नेपाल लगायत ४५ […]