प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने

news-details

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधि सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

यस्तै पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्नेछन् ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *