मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

news-details

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने जनाइएको छ।

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन्। समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ। समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ।

गभर्नर बन्ने भन्दै यसअघि सिफारिस समितिमा रहेका डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन्। सरकारले उनैलाई गभर्नर बनाउने तयारी गरेको छ।

सरकारले गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गर्न लागेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित अदालतमा मुद्दा दायर भएको छ। मुद्दा दर्ता भएको छ। यसअघि अदालतले सो मुद्दालाई दरपीठ गरेको थियो।

गभर्नर महाप्रसाद अधिकारीको गत चैत २४ गते कार्यकाल सकिए पनि राजनीतिक दाउपेचका कारण सरकारले अझै गभर्नर नियुक्त गर्न सकेको छैन।

यसअघि बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको नाममा सहमति भएको भन्दै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, कामु गभर्नर डाक्टर निलम ढुंगानाले राजीनामा स्वीकृत नगरेपछि सरकारले उनलाई गभर्नर बनाउन सकेन।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *