यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा
- जेष्ठ ५, २०८२
- 0

कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशका उच्चपहाडी तथा हिमाली भेगगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
महाशाखाका अनुसार हालल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।