सुदूरपश्चिम पछि माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
- जेष्ठ ४, २०८२
- 0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।
बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् ।
कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।
0 प्रतिक्रिया
समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा […]
माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

गएको भदौ र असोज महिनामा तामाकोशी नदीमा आएको बाढीले निक्कै क्षति पु¥यायो । बस्ती नजिकै तामाकोशी नदी पसेर कटान ग¥यो […]
सशस्त्र प्रहरीका असई छत्यालले गरे सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । उनले जेठ ४ गते बिहान […]
‘सगरमाथा संवाद’का विशिष्ट पाहुनाद्वारा सगरमाथासहितका हिमशृङ्खला दृश्यावलोकन

बहुप्रतिक्षित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खला दृश्यावलोकन गराइएको छ । पर्वतीय उडान (माउन्टेन फ्लाइट)मार्फत उनीहरूलाई सर्वोच्च शिखर सगरमाथासहितका […]
कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता

कोशी प्रदेशसभाको सातौँ तथा बर्खे अधिवेशन आज आइतबारबाट सुरु हुँदै छ । प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको […]