यी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
- जेष्ठ २, २०८२
- 0

हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशका पहाडी भू—भागमा आंशिक देखी साधारणतया बदली र बाँकी भू—भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू—भागका एक—दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च—पहाडी तथा हिमाली भू—भागका एक—दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
0 प्रतिक्रिया
‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो […]
हजयात्रीलाई गम्छा र टोपी लगाएर राष्ट्रपतिले गरे विदाई

राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता […]
माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ आजदेखि

नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुरू गर्दैछ । सुदूरपश्चिमको बैतडीस्थित पाटनमा शुरू हुने अभियानको […]
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू

साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता […]
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । शुक्रबार सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न […]