प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन कार्यसूची
- जेष्ठ १, २०८२
- 0

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा गत मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन– २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुवेदीले ‘कानून, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन– २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
0 प्रतिक्रिया
टेरामक्स प्रकरण : काँग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दायर

नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्व मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले […]
प्रधानमन्त्री र चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले विहीबार शिष्टाचार भेट गरेको […]
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक […]
सतुङ्गलस्थित आरआर कम्प्लेक्समा आगलागी

काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ । आज बिहान […]
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ […]