दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीको एनओसी स्थगित
- बैशाख ३०, २०८२
- 0

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको जानकारी दिएको हो । डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।
सूचनामा कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको उल्लेख छ ।
सरकारले विद्यार्थीहरू सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिएकाले अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको जस्ता कारण देखाएको छ ।
0 प्रतिक्रिया
राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटन विरोधी ?

राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध जिल्ला होटल व्यवसायी संघ […]
रविन्द्र मिश्र र दुर्गा प्रसाईसहित २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाइलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान […]
रवीन्द्र मिश्रले दायर गरे बन्दी प्रत्यक्षीकरण रिट

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ […]
दक्षिण कोरियामा अध्ययनका लागि जाने विद्यार्थीको एनओसी स्थगित

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा […]
प्रधानमन्त्रीले शिलान्यास गरे बनेपामा बन्ने अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’

प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष ९शिलान्यास० गरेका […]