संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने
- बैशाख ३०, २०८२
- 0

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यसूची रहेको छ ।
सरकारले विनियोजन विधेयक र प्राथमिकतामाथि छलफलका क्रममा प्राप्त सुझाव, विचारलाई आधारका रूपमा लिई आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ ।
यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रियसभाबाट आइतबार बहुमतले पारित भएको थियो ।
0 प्रतिक्रिया
‘सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक […]
साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले मंगलबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय […]
सञ्चालनमा आयो बीपी राजमार्ग

वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग केहीबेर अगाडि खुलेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले माम्ती, डालाबेसी […]
भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० […]
बाढीले डाइभर्सन बगाउँदा आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि […]