मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

news-details

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड लागेको छ ।

स्थानीय मुगमकामारोङ्ख गाँउपालिकाको पालिका स्तरीय निर्णय अनुसार हरेक बर्ष जेठ महिनाको १० गते भन्दा अगाडि पाटन प्रवेश गर्न अनुमति दिने व्यवस्था छ । तर अनुमति नलिइ र शुल्क समेत नबुझाइ यार्सा टिप्नेहरुको भीड लागेको हो । मुगुमकामाराङ्ख गाँउपालिका वडा नम्बर १ का कार्मा लामाका अनुसार प्रत्येक दिन दुई सय भन्दा बढी स्थानीय र जिल्ला बाहिरबाट यार्सा संकलन गर्नेहरु रातारात जाने गरेको समेत बताएका छन् ।

राता रात गरेर संकलकहरु बन प्रबेश गरेको सुचना आएपछि पालिकामा सरोकारवाला, सुरक्षा निकाय र पालिकाको निर्णय गरेर बन क्षेत्रमा अवैध रुपमा प्रवेश गर्नेहरुलाई कडा जरिवाना र कारवाहीमा ल्याउने तयारी गरिएको छ ।
विगतमा पहिले बन प्रबेश रसिद काटेर जेठ १० गते पालिका भित्र रहेका संकलन क्षेत्रमा अनुमति दिने गरिन्थ्यो तर यस बर्ष प्रवेशको समय अघि नै संकलकहरुको भीड लागेको हो ।

यार्सा संकलकहरुबाछ गत बर्ष ७१ लाख राजश्व संकलन भएको थियो । यस बर्ष विगतको भन्दा बढी राजश्व संकलन गर्ने लक्ष्य लिइएको पालिका अध्यष छिरिङ लामाले बताए । विगतका वर्ष भन्दा पछिल्ला बर्षहरुमा यार्सागुम्बा निकै कम पाइने गरेको छ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *