आजको मौसम : तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना

news-details

हाल देशमा पश्चिमी वायुका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *