अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश (पूर्णपाठ)

news-details

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् ।

मन्त्री पौडेलले आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् ।

परिस्थितिमा विकासको ढाँचा, गति र संस्कृति बदल्न, राष्ट्रिय आवश्यकता अनुरूपको आर्थिक सुधार गर्न, उद्यमशीलता, उत्पादन र रोजगारीका थप अवसर सिर्जना गर्दै मानवीय र भौतिक विकासमा तीव्रता दिन र लोकतान्त्रिक मूल्यमा आधारित समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको आधार तयार गर्न सम्पूर्ण स्रोत, साधन र सामर्थ्य परिचालन गर्नु जरुरी रहेको उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रमको मार्गदर्शनमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयक प्रस्तुत गर्दा त्यसका सिद्धान्तलाई आधार बनाउन आवश्यक हुन्छ । जसले गर्दा संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरूप सिद्धान्तहरूका आधारमा बजेट आउने अर्थमन्त्री पौडेलले बताए ।

यस्तो छ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *