कोइला बोकेको ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध
- बैशाख २८, २०८२
- 0

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरूपमा बन्द भएको छ।
चितवन प्रहरीका अनुसार कोइला बोकेर वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आइतबार बिहान ७ बजे पल्टिएको हो। ट्रक अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो स्थानमा बाटो खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिनबाट टोली खटिएको चितवन प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
आवासीय चिकित्सकसँगको अतिरिक्त सुविधा तय गर्न मन्त्री पौडेलद्वारा कार्यदल गठन

आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख […]
अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश (पूर्णपाठ)

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् । मन्त्री पौडेलले आज […]
नीति तथा कार्यक्रम पुरानै ढाँचाको मात्र आयो भन्नु गलत, नयाँ नीति धेरै समावेश छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने […]
सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो […]
कवि परियारलाई रमेश स्मृति सम्मान र अधिकारीलाई प्रोत्साहन पुरस्कार

रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, […]