मौसम पूर्वानुमान : देशका अधिकांश भागको मौसम सफा रहने
- बैशाख २६, २०८२
- 0

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात पनि हुनसक्ने छ ।
0 प्रतिक्रिया
पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली […]
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले संसदमै दिए बधाई

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ। […]
संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध, मेयर महर्जन र तामाङले गरे हस्ताक्षर

ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु […]
प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा भएको […]
न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको महत्वपूर्ण दायित्व छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार एवम् न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून जगतको […]