प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी

news-details

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

बुधबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा सुरु हुने बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *