नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
- बैशाख २१, २०८२
- 0

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका थिए।
गर्बुजा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
यसअघि ऊर्जा राज्यमन्त्री कांग्रेसकै पूर्णबहादुर तामाङ (कान्छाराम) थिए। प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका थिए।
0 प्रतिक्रिया
अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ । […]
संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् । आइतबार […]
एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक अघि बढ्ने

संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने […]
नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास […]
कार र मोटरसाइकल ठोक्किदा बाबुछोरीको मृत्यु

रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किदा बाबुछोरी गरि दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत […]