भारतको किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत भेटिइन
- बैशाख १८, २०८२
- 0

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।
साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको त्यही अध्ययनरत एक नेपाली विद्यार्थीले बताए । साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ।
0 प्रतिक्रिया
भारतको किट विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत भेटिइन

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको […]
निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेविरुद्ध मजदुर वर्ग लाग्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु सक्रिय भएकाले तिनका […]
विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीमार्फत देश समृद्ध हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक, सामाजिक विकास […]
कतारमा नेपाली चेलीको कम्पनीले पायो प्रतिष्ठित ‘सीएसआर अवार्ड’

कतारमा एक नेपाली चेलीले सञ्चालन गरेको कम्पनीले प्रतिष्ठित ‘कतार सीएसआर अवार्ड –२०२५’ प्राप्त गरेको छ । महोत्तरीकी यासमिन नाजको कम्पनी […]
सामाजिक सञ्जाल नियमन पारदर्शी र अधिकारमैत्री बनाउन आग्रह

सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई एक साताभित्र नेपालमा दर्ता नभएमा बन्द गरिने चेतावनी दिएपछि नागरिक अधिकारका क्षेत्रमा काम गर्दै आएका ३१ […]