२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक (तस्वीरसहित)
- बैशाख १५, २०८२
- 0

शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (आज) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् ।
झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् । उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् । यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् । उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए ।
नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।
0 प्रतिक्रिया
मञ्चमा राजेन्द्र लिङ्देन र कमल थापाको मिलन

कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको विरोधसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु सहभागी भएका छन् । महाधिवेशनबाट अध्यक्षमा लिङ्देन […]
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आर्थिक वर्ष २०८२/८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् […]
बर्दिबासमा सातवटै प्रदेशका मन्त्रीहरु छलफलमा

महोत्तरीको बर्दिबासमा सोमबारदेखि ‘संघीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम सुरू भएको […]
२७औँ दिन पनि नाराजुलुससहित सडकमा उत्रिए शिक्षक (तस्वीरसहित)

शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार (आज) शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट […]
घट्यो हाटबजारको रौनक, क्रेता र विक्रेता आउनै छाडे

कुनैबेला घरायसी सामान किनमेल र भेटघाटको केन्द्रका रूपमा रहेका हाटबजारको रौनक हराउँदै गएको छ । बिहानदेखि नै मानिसहरूको भीडभाड हुने […]