सांसद राई पक्राउबारे प्रहरीले दियो संसदलाई जानकारी
- बैशाख १४, २०८२
- 0

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ ।
आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ ।
राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ ।
सांसद राई शनिबार बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गर्न सक्छन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिएका छन् । […]
राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि गरेको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति भ्रष्टाचार र पैसा कमाउनको लागि नभैई इमानको राजनीति गर्ने बताएका छन् । आइतबार बालुवाटारमा आयोजित […]
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, एक दर्जन बढी घाइते

काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठी प्रहार गर्नुका […]
भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न लिङ्देनलाई चुनौती

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती […]
मलेसिया रोजगारीमा सिण्डिकेटको प्रतिवाद गर्न प्रगतिशिल मञ्चको आग्रह

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले मलेसियाको रोजगारीमा कामदार भर्नाका सन्दर्भमा देखिने सबै सिण्डिकेट गतिविधिहरूको प्रतिवाद गर्न व्यवसायीहरुलाई आग्रह गरेको […]