काठमाडौंसहित यी स्थानमा आज वर्षाको सम्भावना

news-details

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । मधेसहित देशका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, मधेस र वाग्मती प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

कोसी, मधेस र वाग्मती प्रदेशका साथै अन्य प्रदेशका पहाडी भू-भागमा पनि वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । काठमाडौंमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *