रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, महाधिवेशन फागुनमा सार्ने निर्णय
- बैशाख ४, २०८२
- 0

रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ ।
बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।
जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सदूरपश्चिम हरि ढकाल रहेका छन् ।
त्यस्तै, रास्वपाले राष्ट्रिय महाधिवेशनको मिति पनि सार्ने निर्णय गरेको छ ।
रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर केन्द्रीय समिति बैठकले प्रथम महाधिवेशन २०८२ फागुन ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो।
२०८२ असोजसम्म वडा अधिवेशन, कार्तिकसम्ममा पालिका अधिवेशन, मंसिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।