शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने
- बैशाख ३, २०८२
- 0

नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका हुन् ।
सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो ।यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो ।
तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो ।
अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्– ‘देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला ।’
0 प्रतिक्रिया
पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी

मधेश प्रदेका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीविरूद्व जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी […]
यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

आईसीसी यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार भएको तेस्रो खेलमा हङकङले नेपाललाई ११६ […]
म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे हो : भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफू कांग्रेस र कम्युनिष्ट गुणले नयाँ मान्छे भएको बताएका छन् । […]
प्रभु बैंक र गोरखा गार्डन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि. बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित […]
अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । बुधबार उपप्रधानमन्त्री […]