भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड

news-details

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् ।

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूहरुलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’

साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए । उनले सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *