चैनपुरको विकासका लागि उर्जा मन्त्री खड्काको ध्यानाकर्षण

news-details

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्कासँग बृहत चैनपुर सम्पदा परिषदले समग्र चैनपुरको विकासका लागि ध्यानाकर्षण गराएको छ ।

बृहत चैनपुर सम्पदा परिषदका संयोजक निराकार श्रेष्ठको नेतृत्वमा मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खड्कालाई चैनपुरको विकासका लागि सरकारी तवरबाट काम गर्न ध्यानाकर्षण गराएको हो ।

संखुवासभा जिल्लाको चैनपुरमा जन्मिएर राजधानी बस्दै आएका चैनपुरेहरुले समग्र चैनपुर विकासका लागि शुरु गरेको अभियानमा साथ दिन मन्त्री खड्कालाई आग्रह गरेको संयोजक श्रेष्ठले बताए ।

मन्त्री खड्कासँगको छलफलमा योगमाया बिधुषि आयुर्वेद विश्वविद्यालय अनुसन्धान केन्द्रको रुपमा संखुवासभाको चैनपुरमा जडीबुटी अनुसन्धान, उत्पादन तथा प्रशोधन केन्द्रको विकासका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न, एक हजार ६३ मेगावाट क्षमताको अप्पर अरुण लगायत अरुण नदीमा निर्माणहुने जलविद्युत आयोजनाहरुबाट शेयर स्वामित्व, स्थानीय रोजगारी प्रवर्धन, स्वरोजगारी सृजना तथा स्थानीय उत्पादनको प्रवर्धन हुने गरी निर्माणको ढाँचा तयार गरी स्थानिय जनताको सहभागिता र अपनत्वमा अघि बढाउन पहल गर्न आग्रह गरिएको श्रेष्ठको भनाई छ ।

संखुवासभाको चैनपुरलाई कृषि तथा पशुपालनको अनुसन्धान, उत्पादन तथा प्रशोधन केन्द्र विकासको रुपमा विकास गरी स्थानिय उत्पादनको पहिचान, प्रोत्सहान, प्रवर्धन तथा बान्डिङ्ग गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पुर्याउन आवश्यक पूर्वाधार निर्माण गर्न, मिल्के तिनजुरे क्षेत्रलाई विश्वसम्पदा सूचिमा समावेश गर्न, चैनपुरको करुवालाई विश्वमा चिनाउन पहल गर्न मन्त्री खड्कासँग छलफल गरेको छ ।

चैनपुर नगरपालिका र ललितपुर महानगरपालिका बिच भगिनि सम्वन्ध कायम गर्ने विषयलाई यथासिध्र औपचारिका प्रदान गर्न, चैनपुरकोे स्वास्थ्य, शिक्षा तथा रोजगारका क्षेत्रमा पहल गर्ने विषयमा समेत छलफल भएको छ ।

मन्त्री खड्काले आफ्नो पनि चैनपुरमा पनि घर भएकाले सबै विषयमा जानकार रहेको र भोलिका दिनमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए । चैनपुर मात्र नभएर समग्र जिल्ला र देशकै विकासका लागि काम गरेर अगाडि बढ्नु पर्ने भएकाले आफ्नो ठाउँका लागि जहिल्यै प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता मन्त्री खड्काको छ ।

मन्त्री खड्कासँगको भेटमा इतिहाँसविद् डा. रेमश ढुंगेल, मुक्तिनाथ गौतम, तेजबहादुर ढकाल, अर्जुनकुमार गौतम, गंगा शाक्य, विना पौडेल, प्रेम शाक्यलगायतका उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *