शिक्षकहरुको माग तत्काल सम्बोधन गर्नतर्फ सरकारको ध्यान जानुपर्छ : सभापति देउवा

news-details

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउबाले शिक्षकहरुको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उनले शिक्षक आन्दोलनको बारेमा सरकारसँग छलफल गरेको भन्दै यसलाई छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नु्पर्ने बताए ।

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैंले कुरा गरेको छु । छिटै मिलाएर शिक्षक आन्दोलनलाई रोक्नुपर्छ । शिक्षकहरुको माग के हो त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ ।’
यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए ।

उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ । यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ । त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो । यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ । यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ ।’

नेपालमा सबैजना मिलेर बस्ने समाज रहेको भन्दै नेपालको राजनीतिमा यस्तो खालको सामाजिक सद्भावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *